• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि अदालत उपस्थित हुन्छु: मनाङे


  • धनकुटा खबर
  • .

गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ (दीपक मनाङे) ले आफूले मोबाइल अफ गरी बसेको बताएका छन्।

उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूलाई तारन्तार फोन आइरहेकाले मोबाइल बन्द गरेको उल्लेख गरेका छन्।

‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहित सञ्चारमाध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु,’ शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छु, यसमा मेरो आपत्ति छ।’

उनले थपेका छन्, ‘अन्तमा: सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖