• Wednesday 7th of October 2026

नेपाल आज युएईसँग भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ –आईसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ।

आफ्नो तेस्रो खेल नेपालले युएईविरुद्ध उसकै भूमिमा खेल्न लागेको हो। यो खेल बिहान ११ :१५ बजे शुरु हुनेछ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपाल ६७ रनले विजयी भएको थियो। दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ।

यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदै छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖