• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठक शनिबार (आज) पार्टी कार्यालय च:मति वनस्थलीमा बस्ने कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुनेछ ।

यसका साथै बैठकमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

बैठक उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षमा बस्नेछ । सभापति रवि लामिछाने भने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । उनी सहकारी ठगीसम्बन्धी प्रकरणमा अनुसन्धानका गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖