• Tuesday 6th of October 2026

महिला यू–१९ विश्वकप क्रिकेट छनोट : नेपाललाई यूएईले दियो १२३ रनको बलियो लक्ष्य


  • धनकुटा खबर
  • .

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत शनिबार भएको खेलमा नेपाललाई आयोजक यूएईले १२३ रनको बलियो लक्ष्य दिएको छ।

यूएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईलेले २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो। यूएईका सर्वाधिक रन बनाउने ब्याटरहरुमा रिनिथा रैथले ४८ र लाभान्य केनी २० रहेका छन्।

त्यस्तै नेपालको तर्फबाट रिया शर्माले सर्वाधिक ३ विकेट लिइन्। नेपालले २० ओभरमा उक्त लक्ष्य पुरा गर्नुपर्नेछ।

नेपालले यसअघि कुवेत र थाइल्यान्डलाई हराएको थियो। तुलनात्मक रुपमा बलियो मानिएको युएईलाई हराएर नेपालले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ।

यसअघि नेपालले कुवेत र थाइल्यान्डलाई हराएको थियो। अब दोस्रो चरणमा फेरि सबै टिमसँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ।

नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖