• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

भारतले प्रधानमन्त्रीलाई भ्रमणमा नबोलाएपछि यो सरकार टिक्दैन भनेर प्रचार गरिएको छ, यी सबै चर्चा पानीको फोका हुन्छन् : पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणमा नबोलाउनुलाई ‘नेपाल बल्ल सार्वभौमसत्तासम्पन्न भएछ’ भनेर टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाएको विषयमा सरकार नै टिक्दैन भनेर गरिएको चर्चापनि पानीको फोका हुने उनको दाबी छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाएको विषयमा भने आफू खुशी रहेको सुनाए । उनले भने,‘नेपालमा नयाँ सरकार बन्नेबित्तिकै भारतको भ्रमणमा जानुपर्ने परम्परा छ भनेर नेपालका मिडिया र थिंक ट्यांकले बताउने गर्छन् । केपी ओलीलाई भारतले बोलाएन, केपी ओलीलाई भारतले पत्याउँदैन भनेर प्रचार गर्ने गरिएको पनि छ । म यसबारेमा बहुत खुशी छु ।

कुनै मुलुकले एउटा सार्वभौमसत्तासम्पन्न मुलुकमा पत्याउँछ कि पत्याउँदैन भनेर छलफल र बहस गर्ने, कसले बोलायो र कसले बोलाएन भनेर अनि कसले अनुमोदन गरेको छैन भनेर जुन प्रचार गरिन्छ, त्यो प्रचार गर्ने, लेख्ने र भन्ने मान्छेहरु नेपाली टोपी लगाएर अर्काको सेवा गर्ने मानसिक दास हुन भन्न चाहन्छु । अहिले भारतले बोलाएनछ, कम्तिमा नेपाल बल्ल सार्वभौमसत्तासम्पन्न भएछ । र, प्रधानमन्त्री कसैको दलाली गर्नुहुँदैन रहेछ भन्ने कुरो देखियो । अब राष्ट्रिय स्वाभिमान बाँच्छ भन्ने कुरा राख्न चाहन्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖