• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका छन् ।

आज (आइतबार) राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नाम संसदीय सुनुवाइ समितिले गत शुक्रबार सर्वसम्मत अनुमोदन गरेको थियो ।

यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖