• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

प्रचण्ड निवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक शुरु भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

आजको बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने एजेण्डा रहेको प्रवक्ता सापकोटाले बताए।

यसैगरी आजको बैठकले सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारेमा पनि निर्णय लिने सापकोटाको भनाइ छ।

आजको बैठकमा आगामी आन्दोलनको ‘मोडालिटी’का बारेमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖