• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेस-एमालेबाटै प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई खतरा रहेको माओवादीको निश्कर्ष


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेस–एमालेबाटै खतरा रहेको निश्कर्ष निकालेको छ । आज (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा माओवादी पदाधिकारी बैठक बसेको थियो । सो बैठकको निर्णय सुनाउँदै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार आफ्नै कारणले ढल्ने जिकिर गरे ।

‘यो सरकार आफ्नै कारणले जान्छ जान्छ । तर, यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ,’– उपाध्यक्ष सापकोटाले भने ।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विरुद्धमा, सुशासनका पक्षमा र सामाजिक न्यायसहितको समृद्धि गरेको कामका विरुद्धमा वर्तमान सरकार रहेको उनले बताए । प्रचण्ड नेतृत्वको सरकारले ष्टाचारको विरुद्धमा, सुशासनका पक्षमा र सामाजिक न्यायसहितको समृद्धिका पक्षमा गरेका कामहरु एक–एक गरी उल्ट्याउने क्रममा वर्तमान सरकार रहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖