• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

भैरहवा उडेको बुद्धको जहाज पोखरा ‘डाइभर्ट’, जहाज चढिसकेका रवि लामिछाने ओरालिए


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन । उता, पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन् । प्रहरीले रास्वपा अध्यक्ष रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याउँदै छ ।

तर, जहाज उड्न नसक्दा उक्त टोली समेत पोखराबाट अझै उड्न सकेको छैन । जहाजमा चढिसकेको रविसहितको टोली फेरि विमानस्थल टर्मिनलमा फर्किएको छ । भैरहवामा भिजिबिलिटी नहुँदा जहाज जान नसकेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖