• Saturday 28th of November 2026

कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२-०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖