• Saturday 28th of November 2026

पशुपति गौशाला धर्मशालामा मारवाडीको हक नलाग्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

पशुपति विकास कोषको धर्मशालामा मारवाडी सेवा समितिको कुनै पनि हक नलाग्ने जिल्ला अदालत काठमाडौंको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ।

मारवाडी सेवा समिति र पशुपति विकास कोषबीच यस विषयमा विवाद चलेको थियो। विकास कोषको बैठकले सम्झौता तोड्दै उक्त धर्मशाला काठमाडौं महानगरपालिकालाई सञ्चालनका लागि दिने निर्णय भएपछि झन्डै मुठभेडको अवस्था पनि भएको थियो।

उक्त विवादमा काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत जोडिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖