• Saturday 28th of November 2026

अन्ततः एमालेमै फर्किए पूर्वमन्त्री रामवीर मानन्धर


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ कार्तिक । पूर्वमन्त्री रामवीर मानन्धर एमालेमै फर्किएका छन् ।

लामो समयदेखि एमालेको राजनीतिबाट अलग्गै रहेका मानन्धरले आजबाट एमालेमै फर्किएको घोषणा गरेका हुन् ।

आज (बुधबार) काठमाडौंको वडा नम्बर १६ मा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेको उम्मेदवारी घोषणा सभामा सहभागी भएर मानन्धरले आफू आजबाट एमालेमा फर्किएको प्रतिक्रिया दिएका हुन् ।

सो वडामा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖