काठमाडौँ । पूर्वउपराष्ट्रपति एवं माओवादीका पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन पासाङ माओवादीमा फर्किन लागेका छन् ।
पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ ।
२०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । माओवादीमा फर्किने विषयमा यसअघि प्रचण्ड र पासाङबिच पटक पटक छलफल भएको थियो ।
