• Tuesday 6th of October 2026

यू–१९ महिला टी २० विश्वकप छनौट : यूएईले गुमायो तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ- आईसीसी यू–१९ महिला टी २० विश्वकप छनौट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अहिले नेपालले यूएईको सामना गरिरहेको छ । यूएईको अजमनस्थित द सेभेन्स रंगशालामा जारी खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

खेलको १३ ओभर ४ बलमा नेपालकी रिया शर्माको बलमा यूएईकी रिनिता रन्जित आउट भइन् । आउट हुनुअघि उनले १८ बलमा २० रन बनाइन् ।

यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले अहिले फिल्डिङ गरिरहेको छ । छनौट प्रतियोगिताको अंक तालिकामा यूएई र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

प्रतियोगितामा दुबै टिमले समान ५ खेल खेलेका छन् । जसमध्ये यूएईले सबै खेल जितेको छ भने नेपालले एक खेल हारेको छ । प्रतियोगितामा नेपाल र यूएईसहित थाइल्याण्ड र कुवेत पनि रहेका छन् ।

विश्वकपमा छनौट हुन नेपालले आज जित्नैपर्ने दबाब छ । अंक तालिकाको शीर्ष स्थानमा पुगे नेपालले अर्को वर्ष मलेशियामा आयोजना हुने विश्वकप आईसीसी यू–१९ महिला टी २० विश्वकपमा सहभागी हुने छ ।

विश्वकपमा आयोजक मलेशियासँगै अस्ट्रेलिया, बंगलादेश, इङ्ल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इण्डिज, नाइजेरिया, सामोवा, स्कटल्याण्ड र अमेरिका छनौट भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖