• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रास्वपा सभापति लामिछानेलाई प्लेन मार्फत फर्काइयो पोखरा


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० कार्तिक । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका रास्वपा सभापति, पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएको छ । आज (शुक्रबार) भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा जोडिएका लामिछानेलाई प्रहरीले तीन दिन लगाएर बयान लिएको थियो । हिजो बयान सकिएपनि लामिछानेलाई आज यति एयरको विमानमार्फत पोखरा लगिएको हो ।

सहकारी ठगी र संगठित अपराध कसुरमा लामिछाने गत कार्तिक ३ गतेदेखि प्रहरी हिरासतमा छन् । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहँदा सहकारीबाट पैसा ल्याउने र परिचालन गर्ने कार्यमा संलग्नता रहेको भन्दै उनलाई अनुसन्धानमा तानिएको हो ।

लामिछाने लामो समयदेखि प्रहरी हिरासतमा रहँदा रास्वापाका नेता तथा सांसदहरु भने चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र हिरासतमा राखिएको दाबी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖