• Tuesday 6th of October 2026

रोनाल्डोले दुई गोल गर्दा पोल्याण्डविरुद्ध पोर्चुगल ५-१ ले विजयी


  • धनकुटा खबर
  • .

एजेन्सी- पोर्चुगलले यूएफा नेसन्स लिगमा पोल्याण्डविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

शुक्रबार राति पोर्चुगलको पोर्तोमा सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ५-१ गोलअन्तरले पराजित गर्‍यो । यससँगै पोर्चुगल क्‍वाटरफाइनलमा पुगेको छ ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । उनले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा र ८७ मिनेटमा गोल गरे । त्यसैगरी पोर्चुगलका रफायल लेया‍ओले ५९ औँ मिनेटमा, ब्रुनो फर्नान्डेसले ८० औँ र पेड्रो नेटोले ८३ औँ मिनेटमा गोल गरे ।

पोल्याण्डका डोमिनिक मार्क्जुकले ८८ औँ मिनेटमा सान्त्वना गोल फर्काए । जितसँगै पोर्चुगल समूह १ को शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖