• Tuesday 6th of October 2026

मैत्रीपूर्ण खेलमा विश्वप्रकाशले हाने दुई गोल


  • धनकुटा खबर
  • .

प्रथम झापा-१ काठमाडौं कप फुटसल प्रतियोगिताको मैत्रीपूर्ण खेलतर्फ नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलप्रेरित राजनीतिक दल विजयी भएको छ।

नेपाली कांग्रेस झापा-१ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगितामा राजनीतिक दलले कलाकारको टोलीलाई ६–१ गोल अन्तरले पराजित गरेको हो।

शर्माले पहिलो हाफमै दुई गोल गरेका थिए। यस्तै, भास्कर काफ्लेले पनि पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो। दोस्रो हाफमा भने तीन गोल भयो।

राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एकरएक गोल थपे। यस्तै, कलाकार तर्फबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो।

राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए।

यस्तै, कलाकारबाट मनोज गजुरेल,प्रमोद प्रसाईँ, भानुभक्त ढकाल, टिका भण्डारी, सरोज वली, प्रशान्त सिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले राजनीतिक दललाई चुनौती दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖