काठमाडौं- बुद्ध एयरकाे जहाज एकजना मात्रै यात्री बोकेर भरतपुरबाट काठमाडौं आएको छ । चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सक देव जैसीलाई बोकेर जहाज काठमाडाैं आएको हाे ।
गत बिहीबार जैसीको भरतपुरबाट काठमाडौँका लागि अन्तिम उडानको टिकट थियो । अन्तिम उडानका अरू यात्रुहरूलाई अघिल्लो उडानमा पठाइएको थियो ।
सिट भरिसकेपछि जैसी एक्लैलाई अन्तिम उडानमा काठमाडौँ पठाइएको बुद्ध एयरले जनाएको छ । एक्लो यात्रीका रूपमा स्मरणीय यात्रा भएको जैसीले बताएका छन् ।
