• Wednesday 7th of October 2026

एनपिएल खेल्न नेपाल आइपुगे मार्टिन गप्टिल


  • धनकुटा खबर
  • .

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिबारदेखि सुरू हुँदैछ।

प्रतियोगितामा सहभागी हुन न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टिन गप्टिल नेपाल आइपुगेका छन्।

ओपनिङ ब्याटर गप्टिल विराटनगर किंग्समा आबद्ध छन्। गप्टिलले पनि काठमाडौं आइपुगेको आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन्।

विराटनगरले एनपिएलमा उद्घाटन खेल खेल्दैछ। उसले शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ।

आयरल्यान्डका केभिन ओ’ब्रायन प्रशिक्षक रहेको टोलीको मार्की खेलाडी सन्दीप लामिछाने हुन्।

विराटनगर किंग्स टोली
सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖