• Tuesday 6th of October 2026

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सम्झनलायक नतिजा


  • धनकुटा खबर
  • .

काठमाडौं – प्रिमियर लिगको जारी सिजनमा खराब प्रदर्शनले आलोचित म्यानचेस्टर युनाइटेडले आइतबार राति फराकिलो नतिजा निकालेको छ।

आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४-० गोलले पराजित गरेको छ। जारी सिजनमा उसले निकालेको यो नतिजा उत्साहजनक मानिएको छ।

जारी सिजनमा खराब प्रदर्शनको सामना गरिरहेको युनाइटेडले आइतबार एभर्टनलाई फराकिलो गोल अन्तरले पराजित गर्दा उसका समर्थकहरू उत्साहित छन्।  

युनाइटेडको जितमा मार्कस रासफोर्डले २ तथा जोसुआ जिर्कीले २ गोल गरेका छन्।

पहिलो हाफको ३४ र ४५ मिनेटमा रासफोर्डले २ गोल गरे। युनाइटेडका लागि जिर्कीले पहिलो हाफको ४१ र दोस्रो हाफको ६४ मिनेटमा गोल गरे।

जारी सिजनको प्रिमियर लिगमा युनाइटेडले निकालेको यो नै उत्साहजनक नतिजा हो।

युनाइटेड प्रिमियर लिगका १३ खेल खेल्दा पाँच वटा खेलमा मात्रै विजयी बनेको छ। उसले चार वटा खेल बराबरी खेलेको छ भने चार वटा खेलमा हार व्यहोरेको छ।

यो जितसँगै युनाइटेड १३ खेलमा १९ अंकसाथ ९ नम्बरमा छ। एभर्टन ११ अंकसाथ १५ नम्बरमा छ।

   

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖