• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रविका कार्यकर्ताले पत्रकार कुटे


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले चितवनमा पत्रकारमाथि हातपात गरेका छन् ।

रास्वपा सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा नेता, कार्यकर्ता तथा समर्थकहरुले नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि हातपात गरेका हुन् ।

उक्त घटनाप्रति नेपाल पत्रकार समहासंघ चितवनलगायतका संस्थाहरुले आपत्ति जनाएका छन् ।

समाचार संकलनका लागि फिल्डमा खटिएका देउजामाथि रास्वपाका कार्यकर्ताहरुले मुक्का प्रहार गरेको र लखेटेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖