• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

आईजीपीले अपराध गरेको भए प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कारबाही गरेर जेल हाल्ने हो: ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आईजीपीलाई व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको बताएका छन्।

आज बसेको मन्त्रीपरिषद्को बैठकले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । सरकारको यो निर्णय सार्वजकि भएलगत्तै शाहीले आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही हुनुपर्ने बताएका हुन् ।

‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो।यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो। भ्रष्ट आचरण हो,’ उनले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖