काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।
पोखराका लागि मार्कस क्रिचलेले ३५ र एन्ड्रिज गौसले २० रन बनाए । माइकल लिस्क २४ रन जोडेर आउट भए ।
जनकपुर बोल्ट्सका लागि भने ललित राजवंशीले ३, जेम्स निशामले २ र मोहम्मद मोहसिनले १ विकेट लिए ।
टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।
