• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको चीन भ्रमणबारे धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक आगामी सोमबार विहान ९ बजेको लागि तय भएको जनाईएको छ । प्रधानमन्त्री ओलीको यही मंसिर १७ देख २० गतेसम्म भएको चार दिने चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउने भएको हो ।

उक्त सहमतिलाई लिएर कांग्रेसका शीर्ष नेताहरुले नै आलोचना गर्न थालेका छन् । बीआरआईअन्तर्गत अनुदानमात्रै लिने सहमति गरिएकोमा चीनमा भने त्यसलाई लत्याएर ऋणको बाटो खोलिएको भन्दै कांग्रेसबाट परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु एनपी साउद र डा. प्रकाशशरण महतले आलोचना गरिरहेका छन् ।

उनीहरुले सार्वजनिक रुपमै बीआरआई फ्रेमवर्क सम्झौताप्रति असन्तुष्टि पोख्न थालेका छन् । यही सन्दर्भमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖