• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सरकार ढल्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पारेका छन् ।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएको उनको भनाई छ । यस्तै, कोइरालाले बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए ।

शनिबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै राजनीतिक दलसँगको समझदारीमा मात्रै संविधान संशोधन गरिनुपर्नेमा जोड दिए। उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए ।

उनले भने, “नेपाली कांग्रेस र नेकपा ९एमाले०ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖