• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

ज्ञानेन्द्र शाहीको साथमा मानवअधिकारकर्मी तुलसी थापाले रवि लामिछानेलाई भेटे


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ मंसिर । राप्रपाका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनी मानवअधिकारकर्मी तुलसी थापासहित आज कास्की पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेलाई हिरासतमा राखेको छ । उनलाई कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि सहकारीको रकम अपचलनमा बयान लिईएको छ ।

चितवनमा बयान लिएर सकिएको दिन लामिछानेलाई मध्यराति पोखरा पुर्याईएको समाचार बाहिरिएको छ । धेरैले लामिछानेमाथि प्रहरीले धरपकड गरेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेका छन् । र, लामिछानेको मानवअधिकारको रक्षाको लागि माग गरेका छन् । यही सन्दर्भमा शाही पनि आज लामिछाने भेट्न कास्की पुगेका हुन् ।

हिजोमात्रै लामिछानेलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि हिरासतमै पुगेर भेटेका थिए । सो क्रममा उनले लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै आक्रोश पोखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖