• Tuesday 6th of October 2026

एम्बाप्पेको २०० औं गोलमा रियलको जित


  • धनकुटा खबर
  • .

एजेन्सी – केलिएन एम्बाप्पेले ला लिगाको व्यक्तिगत नवौँ तथा कुल लिगको २०० औँ गोल गरेका छन्। उनले यस अघि मोनाकाको लागि १६ तथा पेरिस सेन्ट जर्मनका लागि १७५ गोल गरेका थिए। एम्बाप्पेको गोलसँगै रियलले शनिबार रातिको खेलमा गिरोनालाई ३–० गोल अन्तरले हराएको छ।

रियलका लागि जुड बेलिङघमको पाँचौँ ला लिगा गोल गरे। सन् २०२१ को अप्रिलमा करिम बेन्जामापछि उनी लगातार ५ ला लिगामा खेलमा गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।

खेलको ३६ औं मिनेटमा बेलिङघमको गोलमा अग्रता लिएको रियलका लागि ५५ औँ मिनेटमा आर्डा गुलरले गोल गरे। उनले बेलिङघमकै पासलाई उपयोग गरेका थिए। एम्बाप्पेले अर्को एक गोल खेलको ६२ औं मिनेटमा गर्दा रियलले ३-० को जित निकालेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖