काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पावर प्लेमा रन बनाएको छ ।
चितवन राइनोजले पहिलो ६ ओभरमा १ विकेटको क्षतिमा ३५ रन बनाएको हो ।
अहिले चितवनका लागि विपिन रावल र हसन इसाखिलले ब्याटिङ गरिरहेका छन् ।
चितवनका लागि सन्तोष कार्कीले ९ रन बनाए । उनलाई सुदूरपश्चिमका ब्राण्डन म्याकमुलनले आउट गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवन राइनोजले ब्याटिङ रोजेको हो ।
