• Tuesday 6th of October 2026

चितवनका इसाखिल ‘प्लेयर अफ द म्याच’


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर हसन इसाखिल ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

आइतबार भएको खेलमा ६५ रन बनाएका उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । हसनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सुपर फोरको अवार्ड इसाखिलले नै जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।

चितवनका कप्तान कुशल मल्लले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

चितवनका रञ्जितकुमारले ‘क्याच अफ द म्याच’ अवार्ड प्राप्त गरे । उनले २५ हजार रुपैयाँ पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖