• Tuesday 6th of October 2026

कर्णालीका बसिस्टो पोखराविरुद्ध हावी, एक्लैले लिए ६ विकेट


  • धनकुटा खबर
  • .

कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङ आक्रमणमा हावी भएका छन्।

उनी एक्लैले पोखराको ६ विकेट लिएका हुन्।

१४औँ ओभरमा उनले ३ विकेट लिए। उनको पछिल्लो शिकार पोखराका नारायण जोशी र रेमन रिफर भए। जोशीले २ बल खेल्दै १ रन मात्र बनाए भने रिफरले २६ बलमा २० रन जोडे।

४ ओभर बलिङ गरेका उनले २८ रन मात्र दिए।

३१ वर्षीय उनी अस्ट्रेलियाका राइट आर्म अफब्रेक बलर हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖