• Tuesday 6th of October 2026

काठमान्डुको कमजोर सुरुवात, पावर प्लेमा ४ विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाजले पावर प्लेमा २३ रन बनाएको छ ।

काठमान्डुले पहिलो ६ ओभरमा ४ विकेटको क्षतिमा २३ रन बनाएको हो ।

पहिलो ३ ओभरमा नै ‌ओपनर माइकल लेभिट शून्यमा आउट भए । उनलाई रामोन सिमन्ड्सले आउट गरे ।

४.२ ओभरमा गुर्खाजका लागि स्टीफन एस्किनाजीले १३ रन बनाए । उनलाई लुम्बिनीका अभिषेश गौतमले आउट गरे ।

यस्तै, साद बिन जफरले ५.१ ओभरमा गेर्हार्ड इरास्मसलाई १ रनमा आउट गरे । सुमित महर्जन ४ रनमा आउट भए । उनलाई साद जफरले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर गुर्खाजले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖