• Tuesday 6th of October 2026

कर्णालीले दियो उपाधि होडबाट बाहिरिएको लुम्बिनीलाई १२९ रनको लक्ष्य, विकासले लिए एकै ओभरमा तिन विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

कीतिैपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

अर्जुन घर्तीले २५ रन बनाए । बाबर हायातले २० र च्याडविक वाल्टनले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖