• Tuesday 6th of October 2026

सिटीमाथि युनाइटेडको रोमाञ्चक पुनरागमन जित


  • धनकुटा खबर
  • .

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक पुनरागमन जित निकालेको छ । गएराति भएको म्यान्चेस्टर डर्बी अर्थात् म्यान्चेस्टर सिटीसँगको खेलमा युनाइटेडले २-१ को जित निकालेको हो ।

खेलभर लिएको अग्रतालाई अन्तिमसम्म जोगाउन नसक्दा सिटी घरेलु मैदानमै स्तब्ध भएको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र अमाड दियालोले १-१ गोल गरे । सिटीका जोस्को भार्डिओलले १ गोल गरे ।

खेलको ३६औं मिनेटमा भार्डिओलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको थियो ।

दोस्रो हाफमा पनि दुवै टोलीबाट गोल निस्किरहेको थिएन तर ८८औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो जसमा ब्रुनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ९०औं मिनेटमा अमाडले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक पुनरागमन जित दिलाए ।

यो जितसँगै युनाइटेडको १६ खेलमा २२ अंक भएको छ र १३औं स्थानमा छ । १६ खेलमा २७ अंक भएको सिटी पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖