• Tuesday 6th of October 2026

बार्सिलोना लेगानेससँग स्तब्ध


  • धनकुटा खबर
  • .

एजेन्सी । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमै लेगानेससँग स्तब्ध भएको छ । गएराती भएको खेलमा लेगानेसले बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।

खेलको चौथो मिनेटमै सर्जियो गोन्जालेजले गोल गर्दै लेगानेसलाई अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा लेगानेसले ३ अंक जोड्यो ।

हारपछि बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा गोल अन्तरमा मात्र अघि छ ।दुवै टिमको समान ३८ अंक छ । तर एट्लेटिकोले एक खेल कम खेलेको छ ।

आइतबार चाँडै भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई १-० ले हराएर बार्सिलोनासँग अंक बराबरी गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖