काठमाडौं । नेपाल प्रिमियर (एनपीएल) क्रिकेटअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको आज जारी खेलमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।
पहिलो ओभरको समाप्तिमा रित गौतम आउट भएका हुन् । उनी ३ बल खेलेर ० रनमै आउट भए ।
यो बेला कर्णालीले मात्र १ रन बनाएको थियो ।
कीर्तिपुरको त्रिवि मैदानमा जारी खेलमा सुदूरपश्चिमका हरमीत सिंहले विकेट लिएका हुन् ।
