काठमाडौं । यू–१९ महिला टी-२० क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पूजा महतोले अविजित ४७ रन बनाइन् । उनले ४७ बलमा ३ चौका प्रहार गरिन् । सोनी पाख्रीन १३ र साना प्रविन १० रनमा आउट भए । सीमाना केसी १२ रनमा अविजित रहिन् ।
पाकिस्तानका लागि फातिमा खान र कुरातुलेनले १–१ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो ।
पाकिस्तानका लागि कोमल खानले ३८ रन र महम अनिसले २९ रन बनाइन् ।
नेपालका लागि कप्तान महतोले २ तथा सीमाना, रचना चौधरी, र रिया शर्माले १–१ विकेट लिए ।
