• Tuesday 6th of October 2026

जनकपुरको मध्यम सुरुवात, दुबै ओपनर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा ३७ रन बनाएको छ ।

पहिलो ६ ओभरमा जनकपुरले २ विकेटको क्षतिमा ३७ रन बनाएको हो ।

यसअघि जकनपुरका लाहिरु मिलान्था १२ रनमा आउट भए । उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरे ।

५.५ ओभरमा आसिफ शेख ११ रनमा आउट भए । सैफ जैबले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्वालिफायर-१ को खेलमा टस जितेर जनकपुरले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖