• Saturday 17th of October 2026

दुई युवकमाथि धारिलो हतियार प्रहार


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरस्थित बिजौरीमा दुई जनामाथि धारिलो हतियार प्रहार भएको छ।

तुलसीपुर उपमहानगरपालिका–७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनमाथि गएराति पसलमा सामान किनिरहेको समयमा युवाहरुको एक समूहले धारिलो हतियार प्रहार गरेका हुन्।

तुलसीपुर – १८ माल बिजौरीस्थित किराना पसलमा सामान किन्न गएका रसाइली र पुनमाथि राति १० बजेतिर स्थानीय ३२ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय सन्दिप चौधरी र ३१ वर्षीय रेशम चौधरीले ग्राँसी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

आक्रमणको घटनामा संलग्न प्रकाश चौधरीलाई प्रहरीले मध्येराति पक्राउ गरेको छ। अन्य दुई जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी निरीक्षक थापाले बताए ।

धारिलो हतियार प्रहारबाट रसाइलीको बाँया कानको पुनको बाँया हातमा चोट लागेको अस्पतालले जानकारी दिएको छ ।

घाइते दुबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रेफर गरिएको छ। पुरानो रिसिवीका कारण रसाइली र पुनमाथि उनीहरुले धारिलो हतियार प्रहार गरेको हुन सक्ने प्रहरीको आकलन छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖