• Tuesday 6th of October 2026

जनकपुर बोल्ट्सको जितको कामना गर्दै गरियो पूजापाठ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपी)एल) अन्तरगत आज फाइनल खेल हुँदैछ ।

एनपीएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगेका छन् । दुवै टिमले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

एनपिएलमा सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेको छ भने जनकपुर बोल्ट्सले मधेस प्रदेशको प्रतिनिधित्व गरेको छ ।

यसैबीच आज एनपिएलको फाइनल जित्नका लागि मधेस प्रदेशका युवाहरूले जनकपुर बोल्ट्सको समर्थन गर्दै विजयीको कामना स्वरुप मन्दिरमा पुगेर पूजा आराधना गरेका छन् ।

युवाहरूले जनकपुर बोल्ट्सको जितको लागि पूजापाठ एवं मंगलवपाठ समेत गरेका हुन् । जनकपुर बोल्ट्सका एक समर्थकले राजदेवी मन्दिरसहित विभिन्न स्थानमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि पूजापाठ गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖