• Tuesday 6th of October 2026

सुदूरपश्चिमको छैटौं विकेट पतन, कप्तान दीपेन्द्र आउट


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सको छैटौं विकेट पतन भएको छ। कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेख आउट भएका हुन्। ऐरी ९ रन र आरिफ १ रन बनाएर पेभेलियन फर्किएका छन्। मोहम्मद मोसिनले उनीहरूको विकेट लिएका हुन्।

यसअघि ब्रान्डन म्याकुमलेन १४ रन बनाएर आउट भएन्। जनकपुरका जेम्स निसमले उनको विकेट लिए। त्यस्तै हरमित सिंह १४ रन बनाएर आउट भए। मोहम्मद मोसिनले उनको विकेट लिए।

त्यसअघि ओपनरद्वय आउट भएका थिए। जनकपुरका ललित राजबंशीले विनोद भण्डारीको विकेट लिए। भण्डारीले ४१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए। सैफ जैब ६९ रन बनाएर पेभेलियन फर्किए। सैफले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। जनकपुरका किशोर महतोले पहिलो सफलता दिलाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖