• Saturday 28th of November 2026

क्रिकेट खेलेर कार पाउने पहिलो खेलाडी बने दीपेन्द्रसिंह ऐरी


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन्।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन्।

नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए।

ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपीएलको पहिलो संस्करणमा उपविजेता बनेको छ। कप्तान ऐरीले एनपीएलका नौ खेलबाट २२७ रन जोड्दै नौ विकेट बनाएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖