• Tuesday 6th of October 2026

कार र बाइक जित्दाको खुसी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले कार तथा जनकपुर बोल्ट्सका ललित राजव‌ंशीले मोटरबाइक जितेका छन् ।

त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।

जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अलि जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, सर्वोत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् ।

एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖