जय ट्रफी पुरुष एलिट कप क्रिकेटका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ ।
बागमतीले नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेको कप्तानीमा जय ट्रफीका लागि टिम घोषणा गरेको हो । लामिछानेको कप्तानीमा घोषणा गरिएको टिममा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, रित गौतम, इशान पाण्डे र विपिन आचार्य टिममा परेका छन् ।
यसैगरी, आशुतोष घिरैया, रोविन जोशी, शुभ कंसाकार, रोशन विके, अशोक पौडेल, सूर्यान्सु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी र दयानन्द मण्डल पनि टिममा परेका छन् । नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट २१ पुसदेखि ३ माघसम्म वीरगन्ज र जनकपुरमा हुँदै छ ।
सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगितामा गत वर्ष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा परेका टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा बागमती, मधेश प्रदेश, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
