• Monday 5th of October 2026

दीपेन्द्रले एलिट कप नखेल्ने


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिग (एनपीएल)का उत्कृष्ट खेलाडी दीपेन्द्रसिंह ऐरीले जय ट्रफी मेन्स एलिट कप नखेल्ने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर ऐरी अन्तर्राष्ट्रिय लिग टी२० मा सहभागी हुन शुक्रबार युएई जाने भएकाले एलिट कप गुमाउने भएका हुन्।

उनी यहीँ शुक्रबार त्यसतर्फ उड्नेछन्। प्रतियोगिता पुस २७ गते सुरु हुनेछ। घरेलु प्रतियोगितामा दीपेन्द्र नेपाल पुलिस क्लबको कप्तान हुन्।

यूएईमा हुने आईएल टी२० मा दीपेन्द्र डिफेन्डिङ च्याम्पियन गल्फ जायन्ट्समा आबद्ध छन्। गत संस्करण नामिबियाका कप्तान जेहार्ड एरास्मसको स्थानमा अनुबन्ध भएपनि उनले क्रिजमा उत्रने मौका भने पाएका थिएनन्।

यो संस्करणको आईएल टी२० मा नेपालका अर्का अलराउण्डर कुशल मल्ल पनि प्रतिस्पर्धा गर्दैछन्। उनी डेजर्ट भाइपर्स टिममा अनुबन्ध भएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖