• Monday 5th of October 2026

नरेन, दुर्गेश र आकाशले आर्मीबाट जय ट्रफी खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जय ट्रफी एलिट कप खेल्ने अन्तिम टोलीको टुङ्गो लगाएको छ। नरेन साउद, दुर्गेश गुप्ता र आकाश चन्दले पनि त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् ।

आर्मीले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । आर्मीमा पनि राष्ट्रिय टोलीका खेलाडीहरू छन् । सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, बसिर अहमद, विनोद भण्डारीलगायतले राष्ट्रिय टिमबाट खेलेका छन् ।

नरेन, दुर्गेश र आकाश आर्मीमा नयाँ खेलाडी हुन् । नरेनले २०२४ को प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए । दुर्गेश र आकाशले भने पीएम कप खेलेनन् ।

आर्मी पीएम कपको उपविजेता टिम हो । २०२४ को फाइनलमा पुलिसले आर्मीलाई हराएर उपाधि जितेको थियो । पीएम कपको शीर्ष चारमा पुलिस र आर्मीसँगै बागमती प्रदेश र मधेश प्रदेश रहँदा एलिट कप खेल्ने छन् ।

पुलिस र बागमतीले पनि अन्तिम टोलीको टुङ्गो लगाइसकेका छन् । अब मधेश प्रदेशले २२ जनाको प्रारम्भिक टोलीबाट अन्तिम १५ को टुङ्गो लगाउन बाँकी छ ।

त्रिभुवन आर्मीको टिम
विनोद भण्डारी (कप्तान), सोमपाल कामी, कुशल मल्ल, विवेक कुमार यादव, भीम सार्की, बसिर अहमद, सन्तोष कार्की, इमरान शेख, तृत राज दास, शाहब आलम, नरेन साउद, दुर्गेश गुप्ता, आकाश चन्द, पवन कार्की, सुमित श्रेष्ठ

अफिसियल
चन्द्र साउद (प्रशिक्षक)
अनिल मण्डल (व्यवस्थापक)
रमेश भट्ट (फिजियो)
जय ट्रफी एलिट कप

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖