• Monday 5th of October 2026

दीपेन्द्रले जय ट्रफी नखेल्ने, पुलिसको कप्तानी आरिफले गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले जय ट्रफी पुरुष एलिट कप गुमाउने भएका छन् ।

दीपेन्द्र हाल अन्तर्राष्ट्रिय लिग ट्वान्टी-२० (आइएलटी) का लागि युएईमा छन् । उनलाई साबिक विजेता गल्फ जायन्ट्सले यस संस्करणको लागि रिटेन गरेको हो ।

दीपेन्द्र अनुपस्थित हुने भएपछि पुलिसले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ९क्यान० को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।

यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖