• Monday 5th of October 2026

पीएसजीले जित्यो फ्रेन्च सुपर कप


  • धनकुटा खबर
  • .

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

फाइनलमा मोनाकोलाई १-० ले हराउँदै पीएसजीले लगातार तेस्रोपटक उपाधि जितेको हो । पीएसजीका लागि दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

पीएसजी कीर्तिमानी १३ पटकको विजेता हो । अघिल्लो वर्ष लिग वान र सुपर कप दुवै पीएसजीले नै जितेको थियो ।

पछिल्लो १२ वर्षमा पीएसजी ११ पटक सुपर कप च्याम्पियन बनेको छ । चार पटकको विजेता मोनाको भने सन् २००० यता उपाधिविहीन छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖