• Monday 5th of October 2026

बार्सिलोना कोपा डेल रेको क्‍वाटरफाइनलमा, बेटिसमाथि फराकिलो जित


  • धनकुटा खबर
  • .

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा रियल बेटिसलाई ५-१ को फराकिलो अन्तरले हराउँदै बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।

बार्साको जितमा गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले १-१ गोल गरे । बेटिसका भिटोर रोकले सान्त्वना गोल गरे ।

खेलको तेस्रो मिनेटमै गावीको गोलमार्फत बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । २७औं मिनेटमा कोन्डेले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० ले अगाडि रहेको बार्साले दोस्रो हाफमा ३ गोल थप्यो ।

५८औं मिनेटमा राफिन्हा, ६७औं मिनेटमा टोरेस र ७५औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनालाई एकपक्षीय रूपमा अगाडि बढाए । ८४औं मिनेटमा रोकले पेनाल्टीमार्फत गोल गर्दै सान्त्वना दिलाए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖