• Tuesday 6th of October 2026

सैफ अली खानलाई छुरा प्रहार हुँदा करीना थिइनन् घरमा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ।

गएराति साढे २ बजे बान्द्राको घरमै उनीमाथि ६ ठाउँमा छुरा प्रहार भएको हो। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई चोटग्रस्त अवस्थामा बिहान साढे ३ बजे लिलावती अस्पताल पुर्‍याइएको थियो। यतिबेला उनको उपचार चलिरहेको छ।

सैफलाई छुरा प्रहार हुँदा उनकी श्रीमती करीना कपूर खान भने घरमा थिइनन्। करीना आफ्नी दिदी करिश्मासँग एक डिनर पार्टीमा गएकी थिइन्।

करीनाले आफ्नो इन्स्टाग्राममा स्टोरी पोस्ट गरेकी छन्। स्टोरीको क्याप्सनमा उनले लेखेकी छन्, ‘गर्ल्स नाइट इन।’

उक्त पार्टीमा उनीसँगै करिश्मा कपूर, रिया कपूर र सोनम कपूर सहभागी थिए। सैफ सहयोगी र दुई छोराहरूसँग घरमै थिए।

संदिग्ध घरमा प्रवेश गरेपछि सैफका सहयोगीले रोक्ने प्रयास गरेका थिए। त्यसपछि सैफ आफै ती संदिग्धलाई रोक्न जाँदा छुरा प्रहार गरेर भागेको भनिएको छ। त्यस क्रममा सैफ र ती सन्दिग्धबीच केहीबेर घम्साघम्सी भएको थियो।

ती व्यक्ति को थिए भन्ने खुलिसकेको छैन। बान्द्रा प्रहरी र करीनाका परिवारले ती व्यक्ति घरमा चोरी गर्ने मनशायले प्रवेश गरेको हुनसक्ने भनेका छन्।

घटनाको क्राइम ब्रान्च मुम्बईले सामानान्तर रूपमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖