• Monday 2nd of November 2026

एमालेले मलाई गम्भीर रूपमा लिएन, यता न उताको भएँ :वामदेव


  • धनकुटा खबर
  • .

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई नेकपा (एमाले)ले गम्भीर रूपमा नलिएको दुखेसो पोखेका छन्।

शुक्रबार (आज) संवादका क्रममा उनले भने, ‘एमालेले सहकार्य र एकता गर्ने भन्यो तर, अहिले केही छैन। एमालेले मलाई गम्भीर रूपमा लिएन।’

उनले आफू ‘यता न उता’को भएको पनि बताए। ‘अहिले आएर यता न उता भइयो, सहकार्य र एकता हुने कुरामा एमाले गम्भीर देखिएन। अब के गर्ने भन्नेबारे सोच्दैछु, छलफल गर्दैछु,’ उनले भने।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖